निरोज – पास हुने रहरमा
बैशको ब्याडमा असार लागिसक्दा पनि
खेतका आलीहरु मिलाउनु छैन तिमीलाई
र बनाउनु छैन राम्रो मेलो पनि
यद्दपि परिक्षणको कसीमा मलाई राखेर
कति निर्धक्क तिमी भन्छ्यौ-
‘म हेरिरहन्छु आगामी दिनहरुमा
मेरो अभावमा हजुर कति छटपट्टनु हुन्छ ।
मलाई हरेक बिहान, साँझ र एकान्तमा
अक्षरहरुले बोलाउछन् र भन्छन्-
‘मलाई जतनले कापीका खाली पानामा राख्दे
म पनि संसार परिभम्रणमा निस्कन्छु ।’
यर्सथमा म भावानाको कुल्ली
बोक्छु , बोकीरहन्छु र हिडिरहन्छु ।
बैशालू युवतीको प्रतिक तिमी
त्रिर्रा अङ्ग अङ्गहरु रङ्गयाउने
छैनन् यद्दपि ति शिल्पी हातहरु म सँग
तै पनि त्रि्रा मुस्कानका रङ्गहरुमा
आफैलाई चुर्लुम्म डुबाएर
पोत्दैछु पुन पुन आफैलाई
एउटा अमुर्त चित्र जो बन्छ
कोरा क्यानभासमा
प्रतिबिम्बित गर्न ति दर्शन
जो त्रि्रा आवाजहरु बोल्छन् ।
त्रिर्रो मुस्कानमा जाँदु हुँदा हुँदै पनि
हामी एक अर्काको लागि हुनुलाई
सायद स्विकार्दैनन् कि हाम्रै
मध्यरात अघिका कुराहरुले
किनकी मैले त्रि्रो ओठ राम्रो छ भनेकै छैन ।
म रोगी भावानाको
मेरो डाक्टरको मलाई आदेश छ
मेरो उपचार बिधिमा
तिमीसङ्ग धित् मारेर कुरा गर्न सख्त मनाहि छ ।
म त्यहि खोजीमा छु
म त्यहि टाउको दुखाईको निदानमा छु
म शब्दहरुको खोजीमा छु
कहाँ छ शब्दको विशाल बजार
कहाँ कहाँ लाग्छ शब्दको हाँटबजार
मैले खोज्नु छ पहिल्याउनु छ
म मा खट्किएको त्रि्रो अभावलाई
प्रतिबिम्बित गर्ने शब्दहरु ।
म के गरुँ – तिमी नै भन
कि त्यो बर्जित फल खाऊ –
कि अझै यो टाउको दुखाई रहुँ –
मलाई कम्तीमा पास हुनु छ
त्रि्रो परिक्षणको कसीमा ।
देउराली-३, नवलपरासी