मणीभद्र गौतम – अभिभावक, म र सम्झना
एक दशक र एक वर्षबितिसके
म मेरी आमाको काखमा नबसीकन;
आमा, आमा, आमा ए ! मेरी प्रिय आमा
हजुर यतिका वर्षम्म कहाँ ?
एक काल्पनिक जम्काभेटमा प्रत्येक वर्षम हजुरलाई यता उति बसिरहेको देख्छु,
तर जब मिर्मिरे बिहानी हुन्छ म देख्दिन हजुरलाई यता उति कहीँ
त्यसैले प्रत्येक बिहानी म भगवानको प्रार्थना गर्दछु हजुरको फिर्तीको लागि
आमा ! हे मेरी प्रिय आमा ! हजुर किन मसँग बस्नुहुन्न यहाँ ?
एक्कासि गएवर्षपिताजीको आवाज सुनेँ, जब हजुर छायाँ परेको एक हप्ता पुगेको थियो ।
तबदेखि उहाँ पनि मेरो बस्तीबाट छायाँ लाग्नुभयो छिट्टै ।
बुवा, बुवा, बुवा ए ! प्रिय बुवा,
हजुर यतिका वर्षम्म बिराजमान कहाँ ?
विगतमा नबताइएकै परिस्थितिमा, कल्पनामै हराएँ म,
र अहिलेसम्म पनि मेरो देशमा रहस्यमय नै छ ,
मेरा निम्ति केवल ताजा छ हजुरको आवाज ।
तर किन हजुर फर्किन्नुहुन्न घरमा यतिका वर्षम्म ?
मेरा अभिभावकको कल्पना र सम्झनामा
म भौतारिरहन्छु काल्पनिक संसारमा
र उहाँहरूको हृदयमा मलाई लाग्छ सबै गोप्यतामा जकडिरहेछ ।
किन हजुर फर्किन्नुहुन्न यता, मलाई विगतको इतिहास बताउन ?
तर म विस्वस्त छु अझैसम्म हजुर एक बिहानीमा फर्किनुहुनेछ
दरमखोला किनारको वौर खेत हुदै
म त्यही प्रार्थनामा हुनेछु, जब बिहानी हुनेछ ।
किन हजुर गर्नुहुन्न खवर अझै डुलिरहनुभएको छ कहाँ ?