Bimal Giri – Yo Dhukdhuki

यो ढुकढुकी रहेसम्म तिम्रै गाथा गाइरहुँ
बादलपारी रहे पनि नेपाल भन्न पाइरहुँ

प्राकृतिको प्रतिक तिमी मेचीदेखि कालीसम्म
हत्केलामा श्रम रोपी फलाउ फल लटरम्म
साझ बिहान आमा भन्दै तिम्रै गाथा गाइरहुँ
बादलपारी रहे पनि नेपाल भन्न पाइरहुँ

धुपी सल्ला लाली गुराँस बनभरि चाप चिमल
पहाड मधेस काखमा तिम्रो सिरमा हिमाल
सुस्केरा र थकाईहरुमा तिम्रै गाथा गाइरहुँ
बादलपारी रहे पनि नेपाल भन्न पाइरहुँ