Deependra KC – Naya Nepal

नँया नेपाल ।
नँया नेपाल ।
कहाँबाट शुरु हुन्छ ?
नँया नेपाल ।
कालीकोटको भोकमरीबाट
वा
काठमाडौको सोल्टीको किचेनबाट ?
हुम्लाको दुर्गमबाट
वा
वीरगंजको सुगमबाट ?
बनाउंछन नँया नेपाल
पशुपतिका मगन्तेहरुको हातमा केही दिएर
वा
काठमाडौंका गल्लीका खातेहरुलाई पन्छाएर ?
कि
बनाउंछन
बालुवाटार र बालाज को
शान शौकतबाट
पुरानो नारायणहिटीको अवशेषबाट
सिंहदर्वारको खिचातानीबाट
वा
शीतलनिवासको मौनताबाट ?
कि भ्याउदैनन् ?
सत्तामात्रै थाम्ने माथापच्चीबाट
बेफ र्सदिला भएर
कि पाउदैनन् ?
यसले दिएन उसले दिएन भनेर
अपजस वोकिदिने केही नभेटाएर ।