Homnath Subedi – Pen Asam Chapter Ma

होमनाथ सुबेदी – पेन आसाम च्याप्टरमा


अमेरिका र आछाम एकै लाग्यो झरीभरिभिर
पेन हुँ जातले आएँ घुम्दै यो क्षेत्र-मा-धुरी ।

अन्तरसाजालमा मेरो स्थान माउसले लियो
स्क्रिन आसामको आयो पीडा प्रदीपको थियो

मुसाको भरमा सच्चा लेखनी म बने यहीं
पेन हुँ कसरी हेर्ने अन्तर्भाव भए त्यही ।

भूमण्डल भरै आफ्नो पहिचान बढाउन
भाषा साहित्यको सेवा गर्ने लक्ष्य पुराउन ।

सोनितफरमा खोले अनेसास बढाउन
खोले आसामको शाखा डिसी हात मिलाउन ।

लिला,लक्ष्मी, गीता, बद्री, दिल्ली, खग र देवीको
सल्लाहकारको यौटा सभा बाँधे अचम्मको ।

हरि, तिलक, प्रदीप अध्यक्ष र उपै बनुन्
कोषाध्यक्ष त केदार महासचिव एक हुन् ।

दुर्गा, गोपाल, प्रह्लाद, रेखा, भानु र रुद्र छन्
नर-बहादुरै जस्ता सदस्य त्यसमाथि झन् ।

प्रबासीको थियो माया नेपालका सबैसंग
भारतेली छ नेपाली सुदृढ अजीबैसंग ।
१०
नेपालका थिए काका गएका त्यस ठाउँमा
कमाउन न पाएर हराए कुन गाउँमा ।

११
“पेन” हुन् मनका सारा बेथा सर्वत्र बग्दछन्
हराएका कुनै छैनन् जाति उत्थान गर्दछन् ।
१२
सहभागी बनें आज अविज्ञेय बनी त्यही
सभाको भाग खाएर अंतर्ध्यान भएँ त्यही ।