Kedar Shrestha – Ma Ganatantra Khoji Rahechhu

म अहिले रत्नपार्कमा
गुलावका फूल हेरिरहेछु
भ्रमरको फूलमाथिको खेलाई नियालिरहेछु
का“का्रे र बदाम बेचिरहेछु ।

म यो व्यस्त नया“ सडकको
गल्ली गल्लीमा भारी बोकिरहेछु
श्रमको मूल्य खोज्दै
आशाका नाम्लाले पसिना पुछिरहेछु ।

बसन्तपुरमा म यी सुकिलाहरुलाई
रिक्सामा सयर गराइरहेछु
आफैभित्र आफूलाई लुकाएर ।

कञ्चनपुरको यो गर्मीलाई निल्दै
म कसैको हलो बोकिरहेछु
कसैको खेत जोतिरहेछु ।

मेरा बाजेले कोरेको नक्सा भित्र
म सुस्ता नापीरहेछु
म आङ्खनै माटो खोजिरहेछु ।

यसखेर म महाकाली हेरीरहेछु
टनकपुर खोजिरहेछु
म कालापानी देखिरहेछु
कालापानी मलाई हेरीरहेछ
तृष्णाको आ“शु खसाल्दै ।

कतै कसैले सुन खोजिरहेको बेला
म कर्ण्रामा नुन खोजिरहेछु
शितल जुन खोजिरहेछु ।

आङ्खनै आ“खामा सपना फलाइरहेछु
त्यही सपना भोका वस्तीहरुलाई छरीरहेछु
छटपटीमा बा“चेको यो घडीमा म
त्यो ऐतिहासिक दिन जेठ १५ कुरिरहेछु
सामन्तवादबाट मुक्ति रोजिरहेछु
म गणतन्त्र बोलिरहेछु
अनि गणतन्त्र नेपाल पर्खिरहेछु ।