अषाढको मेघ
फेरि आकाशमा अषढका बादल आए :
हावामा वर्षाको अलि–अलि गन्ध रसाए :
मेरो पुरातन मन आज नयाँ बादलहरुका कर–स्पर्शले जागरुक भएर
झंकार गरिरहेछ !
फेरि आकाशमा अषाढका बादल आए :
ठूला–ठूला खेतका हरिया बिरुवाहरुलाई बादलका धुवाँसे छायाले
छोइरहेछ !
‘आइपुगेँ आइपुगेँ’ यही आवाज मनमा गुञ्जिरहेछ :
‘आइपुगेँ’ ‘आइपुगेँ’ ‘आँखामा आइपुगे’, ‘ह्दयलाई ढाकिसके’ !
यही आवाज चारैतिर गुञ्जिरहेछ :
फेरि आकाशमा आषाढका बादल आए ।