Mina Bantawa ‘Mridu’ – Bihe Garne Kura Chalai Diun Ki [Nepali Gajal]

तिम्ले लेखेको चिठी र फोटा,लाग्छ जलाई दिउँकी?
तिम्रो लागि बैसाखे मुना बनि, फेरी पलाई दिउँकी?

फेरी सम्झिन्छु पटक-पटक,मन मनैमा कुरा खेलाई
लाग्छ तिमी संगै बिहे गर्ने पो, कुरा चलाई दिउँकी?

तेस्रो पटक सम्झन्छु, तिम्ले दिएको मायाँको चिनो
रुमाल,औँठी सबै चिज पनि, लाग्छ नलाई दिउँकि?

चौथो पटक सम्झिन्छु तिम्रो लागि किन अमृत बनूँ?
तिम्रा सबै बस्ति शहरहरु नै पो,लाग्छ बलाई दिउँकी?

यसरी बारम-वार सम्झिन्छु तिमी टाढा हुन खोज्दा
अति हुँदा लाग्छ थमाई हातमै,कोर्न सलाई दिउकी?