Binod Khadka – Miami Ra Raat

पिउनुको मज्जा अर्कै
जहाँ नसा बढनु पर्छ
नसासंगै नयनभरी
लाली रंग चढ्नु पर्छ ।
हाँस्नु पर्छ, गाउनुपर्छ
भुल्नुपर्छ सबैथरी
रात यो रात बनाई
उडाईदिनुछ यसैगरी ।

नेपथ्यका सन्नाटाहरुलाई
सङ्गीतमा मिसाईदिदै
सङ्गीतको कोलाहालभित्र
सिङ्गो रातलाई नै चपाईदिदै
यतावाट उता, उतावाट यता
फकाउँदैछन मान्छेहरु
जवान रातलाई वा रातको चढ्दो जवानीलाई
कही गीत र सङ्गीतमा
कही खेल र जुवाहरुमा
कही सौन्दर्यका खानीहरुमा
समुन्द्री किनारदेखि क्याभ्रेहरुसम्म
घरहरुदेखि सडकहरुसम्म
केवल मज्जा र मस्तीहरुमा
लाग्छ मियामीलाई जवानी चढ्दैछ
या जवानी मियामीलाई बढ्दैछ ।