Rabindra Nath Thakur – Ye Mero Mrityu [From Geetanjali]

ऐ मेरो मृत्यु
ऐ मेरो जीवनको अन्तिम सहारा !
ऐ मेरो मृत्यु ! आऊ र मसँग कुरा गर !
म तिम्रो लागि जन्मभर बिउँझिरहेको छु, जन्मभर तिम्रो लागि
सुख–दुःखका भार आङ्खनो काँधमाथि उठाएर हिंडडुल गरिरहेछु ।
ऐ मेरो मृत्यु ! आऊ र मसँग कुरा गर !
जे जति म छु, जो मेरो छ,
आङ्खनो जीवनमा मैले जे जति गरेको छु,
मेरो प्रेम, मेरो आशा : सबै रहस्यपूर्ण मार्गबाट तिम्रो दिसापट्टि
बढिरहेछन् !
तिम्रो अन्तिम एक दृष्टिमा मेरो सम्पूर्ण जीवन अर्पित हुनेछ ।
फूलहरु संकलन भइसके,
वरमाला उनियो,
तिमी कहिले वरको सुन्दर वेष–भुषामा शान्त हाँसो लिएर आउँछौ !
त्यस दिनदेखि नववधू भईकन म आङ्खनो डेरा छोडिदिन्छु अनि
रातको एकान्तमा पति–पत्नीको परिचय होला ।
त्यस वेला तिमी– ममा भेद रहनेछैन !
ऐ मेरो मृत्यु ! आऊ र मसँग कुरा गर !