टाढा देशको यात्रा
म टाढा देशको यात्री हुँ !
मलाई कसैले रोकेर राख्न सक्दैन ।
सुख–दुःखका सबै बन्धन
झुटा छन् ।
घरको पर्खालले मलाई कहिलेसम्म रोक्ला ?
विषयका जालहरु पनि
मेरो देहमा सिथ्यै परेका छन् ।
ती सब एउटा अर्को गर्दै तार
टुटेर चकनाचूर हुनेछन् !
म टाढा देशको यात्री हुँ ।
बाटामा हिंड्दा– हिंड्दा म खुशीसाथ गीत
गाउँदै हिँडिरहेछु ।
मेरो देह–दुर्गका सबै ढोका खुलेका छन् ।
वासनाकका जञ्जीर टुटे ।
पाप–पुण्यका भुँवरीबाट
निस्किसकेको छु ।
म टाढा देशको यात्री हुँ !
मेरो सबै भार हलुङ्गो भयो !
आकाशका कुनै अज्ञात निःशब्द
गतिका स्वरले मलाई बोलाइरहेछन्,
कसैको बाँसुरीको गम्भीर रागले
मेरो प्राणलाई बिहान बेलुकी उपट्टि खिचिरहेछ !
म टाढा देशको यात्री हुँ !
म रातको कुन पहरमा बाहिर आएँ, कसले जान्दछ ?
त्यस वेला कुनै पक्षीले गीत गाएको थिएन ।
रात कति बितिसकेको
थियो, थाहा थिएन ।
हो, एकहोरो आँखामात्र त्यो आन्धकारमा
जागिरहेको थियो ।
म टाढा देशको यात्री हुँ !
कुन दिनको अन्तिम घडीमा मैले कुन घर पुग्नुपर्ला, कसले जान्ला ?
त्यहाँ कुन ताराहरले दिपक प्रदीप्त गर्लान्, कुन फूलका सुगन्धले वायु
चंचल भई उठलान्, कुन अनादि समयदेखि आङ्खना स्निग्ध नयनले
त्यहाँ मेरो प्रतीक्षा गरिरहेछन् : कसले जान्ला ?
म टाढा देशको यात्री हुँ, मलाई कसले रोक्न सक्ला ?