Rabindra Nath Thakur – Hridaya Kosh [From Geetanjali]

ह्दय–कोष
मेरो ह्दयमा पूर्ण रुपले तिमीले स्थान लिएको छौ, यसकारण
तिमीलाई
जे जस्तो मन पर्छ गर ।
जब तिमीले मेरो भित्री वस्तुमा अधिकार गरयौ भने बाहिर भएका
सारा चीज आङ्खनो हातमा लेऊ ।
यसरी नै मेरा सबे तृष्णा शेष हुन्छन्, अनि मात्र तिमीले मेरो देहमा
परितृप्त गर्नेछौ ।
यसपछि अरु चिन्ता रहँदैन, संसारका बाङ्गो–टिङ्गा बाटोमा अंगार
बर्सिन्छ भने बर्सोस् ।
विविध रुपमा यसरी जो खेल तिमी खेल्छौ, त्यो मलाई रुचिकर छ ।
एउटाको आँखामा तिमीले आँसु पारिदिन्छौ अनि आर्कोको
आँखामा हास्य !
कतिचोटि मलाई यस्तो लाग्दछ मेरा सबै चीज–बीज खोसिदिए,
तर जब तिमीसँग भेटघाट भयो अनि मलाई लाग्यो जो
खोसिएको थियो त्यो भन्दा झन बेसी पाएँ ।
एक हातले तिमी मलार्इृ शिरदेखि उठाएर मनि राख्छौ, तर अर्को
हातले उठाएर छातिमा राख्छौ !
मेरो ह्दय–कोषमा तिमीले स्थान लिएका छौ, यसकारण अब जे
तिमीलाई मनपर्छ त्यही गर !