लाहुरले
लाहुरे बनाएपछि
लाहुरमै रमाएका
नेपाली
आज पनि
बहादुरी देखाउँदैछन्
तर,
समय बदलिएको छ,
स्वरुप बदलिएको छ,
कम्मरमा खुकुरी देखिदैन
निरिह पशुहरु झैं
दलालका चङ्गुलमा फसेर
बेचिरहेछन्
रगत/पसिना
कति निरिह बन्छन्
उनिहरुको दृस्य
भगवानहरु
हुनतः
मान्छे एक्स्पोर्ट
गर्ने भन्दा
अरु केहि हुन सकेन
यो देशमा
भगवान भनाउँदाहरु
कर्म गर्नेहरुलाई
कुटो कोदालोको
बन्दोवस्त गर्न सक्त्तैन
मात्र उस्काउँछ
म ऋण दिन्छु
तिमीहरु पाताल जाउँ
रगत या पसिना बहाउँ
हात खुट्टा सद्दे हुन
या भाच्चिउँन
तर, देशलाई
पर्साद र भेटि चाहिन्छ
त्यसैले यो भूमिमा केहि छैन
कमाउँन पाताल मै जाउँ
एउटा जुकाले
जनतालाई
रैतिबनाएर चुस्नु चुसेर
खान पल्कको थियो
धेरै खाए पछि
अतिसार हुन्छ भन्थे
त्यो प्रमाण
आज आँखैले
देख्न पाइयो
अब,
बग्रेल्ति जुकाहरु
जन्मेकाछन्
खाँदैछन्
डकारर्दैछन्
शहिदहरुलाई लिस्नु बनाएर
घाइतेहरुका छटपटिमा
रमाइरहेकाछन्
अब कति दिन चल्ला?
दृस्य भगवानका नौटङ्कीहरु
त्यसैले जागौं
चनाखो भएर सुतौ
तपाई/हाम्रो बस्ति
नजल्ला भन्न सकिन्न
किनकी
सधै अध्यारो नै मन पराउँनेहरुले
बक्तिको उज्यालो रुचाउँदैनन्?