रुप–रत्नाले परिपूर्ण यो सागरमा, म अदेख, अनमोल मोती पाउने
आशाले डुब्दछु !
होस्, अब म मेरो जीर्ण नाउ घाट–घाटमा लान्न ।
लहरहरुसित हाँस–खेल गर्ने समय शेष भयो ।
अब अमरताको अथाह सागरमा लीन हुनुपरेको छ ।
आङ्खनो प्राणको वीणा अब म त्यस अथाह अन्धकारमय सभामा
लैजान्छु जहाँ आवाजविनाका ताराहरुको गीत अनादिकालदेखि
गाइन्छन् ।
त्यहाँ त्यसलाई अनन्तको स्वरमा मिलाउँछु अनि जब मेरो वीणा
आङ्खनो आखिरी गीत गाइसकेर निःस्वर हुन्छ, निःशब्द हुन्छ त्यस
वेला त्यसलाई आङ्खना नीरव ईश्वरको चरणमा राखिदिन्छु ।