ईश्वर ! तिम्रो प्रतीक्षाका निम्ति जागा बस्दा आँखा थाकिसक्यो
तिमीसँग भेट भएन तापनि म तिम्रो बाटो हेरिरहेछु, यो बाटो हेर्न
मलाई मन पर्छ ।
ढोका बाहिर, धूलोमा बसेर, मेरो भिखारी ह्दय तिम्रो करुणाको
याचना गरिरहेछ ।
तिम्रो करुणा पाएको छैन, मेरो आकाँक्षा तृप्त भएको छैन, यहि
अतृप्त आकाँक्षा पनि मलाई मन पर्छ ।
यो संसारको राजपथमा कतिका सुख–दुःख लीन यात्री मेरो
सामुन्ने बाट गइरहेका छन् ।
कोही मेरो साथी बन्दन, तेपनि मेरो यो आकाँक्षा बनेको छ,
यही आकाँक्षा मलाई मनपर्छ ।
चारैतिर अमृत जलले परिपूर्ण व्याकुल पृथ्वी यही प्रेम क्रन्दन
गरीरहेको छु ।
तिमीसँग भेट हुन सकेन, केवल व्यथा नै मेरो भागमा परेको छ,
यही व्यथा नै मलाई मन पर्छ ।