Kali Prasad Rijal – Kehi Mitho Bata Gara

केही मिठो बात गर रात तेसै ढल्किदै छ
भरे फेरि एकांतमा रुनु त छदै छ

रमाइलो कुरा गर सपनाको कुरा गर
संगसंगै बिताएको सम्झनको कुरा गर
दुखः छोड, दुख़ःलाइ त जिन्दगानी छदै छ
भरे फेरि एकांतमा रुनु त छदै छ
केही मिठो बात गर रात तेसै ढल्किदै छ

आउ नाचौ अध्यारोमा जूनकीरि नाचे जस्तै
बतासमा उडौ आज सिमलको भुवा जस्तै
दुई कदम साथ हिडौ छुटिनु त छदै छ
भरे फेरि एकांतमा रुनु त छदै छ
केही मिठो बात गर रात तेसै ढल्किदै छ

शब्द – कालीप्रसाद रिजाल
स्वर, संगीत – नारायण गोपाल
एल्बम – प्रेमको माला