मीना, रिना डट कम्
राजु, कालु डट कम्
हजूरबुबा डट कम्
हजूरआमा डट कम्
मामा-माइजू डट कम्
सबैजना डट कम्
डट कम्
डट कम्
डट कम् !
रिना र कालुले लेखेको
दिदीले खोली हेरेको
सबैले मिली पढेको
मामाघरको इमेल यो
सबैजना संचै रे
सबैजना ठीकै रे
सबै कुरा उस्तै रे
खबर धेरै छैन रे
दुर्इ दिन झरी लाग्यो रे
गर्मी बढ्न थाल्यो रे
हुस्सू-कुहिरो हटेर
जाडो घट्न थाल्यो रे
मामाकी छोरी कविता
स्कूल जान थालिछ
स्कूल जाने बेलामा
रुन पनि छाडिछ
रोजी, रिंकू, जनार्दन
पाँच कक्षामा पुगेछन्
पोहरभन्दा यसपाली
ज्ञानी-गुनी बनेछन्
हजूरबाले तमाखु
खान छोड्नु भएछ
हजूरआमा खुसीले
मख्ख पर्नु भएछ ।