‘सुनको दिन एक उदाउँछ रे
यस देश खुलिकन आउँछ रे’
कविको यस पंक्ति बिरान भयो
नखुलिकन देश त धुम्म भयो
न त पुर्व खुल्यो, न त पश्चिम नै
न आकाश खुल्यो, न त पिर्थिवी नै
न त राप जुट्यो, न प्रकाश जुट्यो
मधुरो र मीठो न बतास जुट्यो
कतिसम्म हरे यसरी रहने
मन मारी यसै कसरी सहने –
अब चिन्तन-मन्थनर्-कर्म गरौं
सुनको दिन ल्याउन तत्पर हौं ।