Hari Govinda Luitel – Hamro Ban [Nepali Bal Kabita]

जब पारी पाखाको
हाम्रो बन मासियो
अनि सिंगो डाँडो नै
पहिरो लागी भासियो
बाली-नाली पुरियो
बाटो-बस्ती नासियो ।

सुगा, मैना जुरेली
खरायो र जरायो
जंगलसँगै बिलाए
ताजा हावा हरायो ।

कत्ति अग्ला रुख थे
कत्ति लामा लहरा
हरियाली झपक्कै
रसिलो थ्यो पहरा ।

कठै ! अहिले सबै त्यो
खाली भयो, रित्तियो
कठै ! अहिले सबै त्यो
खत्तम भयो, सकियो ।