Hari Govinda Luitel – Chidiya Khana [Nepali Bal Kabita]

यता रै’छ खरायो
उता रै’छ जरायो
नानीले म्याउम्याउ गर्दिछे
सेतो मुसा हरायो ।

कत्ति तीखो काँडा हो
न्याउरीजस्तो दुम्सीको
कत्ति लामो पुच्छर यो
कालो लङ्गुर बाँदरको ।

नाकमा सिङ छ गैंडाको
दुर्इतिर पुच्छर हात्तीको
जिउडाल हेर्दा घोडाको
घोडा हैन, जेब्रा यो ।

पल्लो खोरमा पाटेबाघ
छि छि कस्तो गन्हायो
वल्लो खोरमा भालु छ
भालुले तालु कन्यायो ।

गाजलु फुच्चे डम्बरु
चकचक धेरै गर्दैछ
सुतेको सिंह उठेर
रिसले आँखा तर्दैछ ।
हृवाक्र्याङ सिंह करायो
सानो बाबु डरायो ।

यतापटि्ट चंखे स्याल
उतापटि्ट चितुवा
चित्तल, घोरल, लोखर्के
अजिंगर र कछुवा ।

सुरिलो स्वर झिकेर
गाउने मैना चरी यो
झल्कने पंख फिँजाउँदै
नाच्ने मयूर चरी यो ।

डाँफे, मुनाल, चमेरो
त्रित्रा, कालिज, भँगेरो
कत्ति धेरै चरा यी
फिस्टा, सुगा, बकुल्लो ।

सानो सानो पोखरी
पोखरीमा गोही छ
गोहीको दार्हा देखेर
सानी नानी रोइछ

किन रुनु पथ्र्यो र
त्यल्ले के पो गथ्र्यो र –