Hari Govinda Luitel – Padh Padh Padh [Nepali Bal Kabita]

ए राम पढ्
ए बाबु पढ्
रामबाबु पढ्
बाबुराम पढ् ।

ए माया पढ्
ए नानी पढ्
मायानानी पढ्
नानीमाया पढ् ।

नपढी हुन्न पढ्
पढ्नै पर्छ पढ्
पढ् पढ् पढ्
पढ् भन्या पढ् ।

आमा पनि यै भन्ने
बाबा पनि यै भन्ने
हजूरआमा यै भन्ने
हजूरबुबा यही भन्ने ।

बल्लबल्ल भेटेका
मामा पनि यै भन्ने ।

दाजु-भाउजू यै भन्ने
काका-काकी यै भन्ने
फुपू मात्रै केको कम –
फुपू पनि यै भन्ने ।

यसले-उसले यै भन्ने
जसले पनि यै भन्न्ने
यता फर्क्यो यै भन्ने
उता फर्क्यो यै भन्ने ।

कानै भारी भैसक्यो
सबैजना यै भन्ने
टाउकै भारी भैसक्यो
सबैजना यै भन्ने ।

ए बाबु पढ्
ए नानी पढ्
नपढी हुन्न पढ्
पढ्नै पर्छ पढ् ।

टुपी कसी पढ्
घुँडा धसी पढ् ।
घोकीघोकी पढ्
खोकीखोकी पढ्
खुरुखुरु पढ्
लुसुलुसु पढ् ।

साँझ-बिहान पढ्
दिउँस पनि पढ्
राति पनि पढ्
हरेक बेला पढ् ।

पढ् न भन्या पढ्
लौ न भन्या पढ्
ए बाबु पढ्
ए नानी पढ्
बाबुनानी पढ्
नानीबाबु पढ् ।