Hari Govinda Luitel – Badal [Nepali Bal Kabita]

कालो बादल
बाक्लो बादल
ध्वाँसे बादल भाग्
भाग् भाग् भाग् !

हाम्रो ठामलाई छेक्न आउने
हाम्रो घामलाई छेक्न आउने
छट्टू बादल भाग्
भाग् भाग् भाग् !

छायाँ पार्ने
ओझेल पार्ने
उल्लू बादल भाग्
भाग् भाग् भाग् !

रातो हर्ने
तातो हर्ने
चिसो बादल भाग्
भाग् भाग् भाग् !

पुर्व तिर डाँडालाई
छेक्ने बादल भाग्
बिहानीको लालिमालाई
रोक्ने बादल भाग्
भाग् भाग् भाग् !
जाली बादल
झेली बादल
धुर्त बादल भाग्
बाक्लो बादल भाग् ।
भाग् भाग् भाग् !