Hari Govinda Luitel – Najau Tadha Bhangeri [Bal Kabita]

भुर्र यता उडेर
फुर्र उता दौडेर
नजाऊ टाढा भँगेरी
बेचेरालाई छाडेर

चीलले टिपी लैजाला
कागले चोरी लैजाला
मल्साँप्रोले खाइदेला
कालो साँपले खाइदेला

तातो घामले सुकाउला
असीनाले दुःखाउला
पानी दर्की भिजाउला
आँधी आई उडाउला

आँखा पूरै टम्म छ
देख्न पनि सक्दैन
खुट्टा सार्है लुलो छ
टेक्न पनि सक्दैन
पखेटा नि आ’छैन
उड्ने बेला भा’छैन

यो कलिलो मुनालाई
गुँडमा एक्लै पारेर
नजाऊ टाढा भँगेरी
बचेरालाई छाडेर ।