Gopal Jhapali – Potrait Ki Cleopatra

गोपाल झापाली – पोट्रेटकी क्लियोपाट्रा

भितामा निर्बस्त्र पोट्रेटमा टाँसिएकी किल्योपेट्रा
मलाई गिज्याई रहन्छे,
म पुरुष हुनुको परीक्षा लिईरहन्छे ।
मस्त निदाएको बेला उ,
बिरालाको चालमा मेरो ओच्छ्यानमा आउछे ।
जस्तो म उस्तो उ अर्थात जस्तो उ उस्तो म
कामुक स्पर्स उस्को निधार हुदै गोडामा बिट मार्छे ।
मेरो धैर्यता लाई नामर्द ठानि उ छिल्लि रहन्छे ।
रङ्ग उडेको म, रङ्गिन उ,
रस नभरिएको फोस्रो म,
रस भरिएकि पोटिलि, पुष्ट उ ।
मेरो निरसता संग उस्को रसिलो केमिष्ट्रि नमिले पछि
सिथिल हुदै पुन पोट्रेटमा उक्लन्छे
अनि सुरु गर्छे उहि उत्तेजक हेराई,
अनि सुरु गर्छे उहि कामुक गिज्याई ।
मेरो माटो दुखेको बेला,
आमा लाई ऐठन भएको बेला,
धमनीले उत्तेजक रगत बोकेको बेला,
म कहाँ लहसिन सक्छु किल्योपेट्रा तिमी संग ?
म किन देखाउ तिमीलाई मेरो पुरुषोत्व ?
बलेंसी भत्किएको बेला, धुरि उक्लिएको बेला ।

दमक झापा