Durga Lal Shrestha – Safaai Majdoor [Bal Kabita]

सफाइ-मजदुर दिदी हो !
सफाइ-मजदुर दाइ !
दिलैदेखि मान्छु है म
तपाइँहरुलाई !
मन्द-मन्द बतासको
सिरिसिरी ताल,
खरेटोको अविरल
छिरिछिरी चाल,
यसरी नै झिसमिसेमै
सङ्गीत सुनाई,
गर्नुहन्छ तपाइँहरु
देशकेा सफाइ ।
चपाउँदै वज्रभन्दा
गाह्रा-साह्रा पीर,
फोहरसँग डटी लड्ने
तपाइँ हाम्रा वीर !
जुन माटोमा दिगो हुन्छ
पसिनाको राज,
त्यसको माथि आकाशमा
उड्ने छैन बाज !