Chanki Shrestha – Pratyek Bihana

प्रत्येक बिहान
एक सर्को हावा मेरो सामु आउँछ
र, मायाले सुम्सुम्याउँदै मलाई उत्तरतिर जान्छ ।

म देखिरहेछु-
प्रत्येक बिहान एउटा असम्भार हुरी
दक्षिणतिर हुन्हुनाउँछ
मान्छेहरू जोड-जोडले दक्षिणतिरै दौडिरहेका हुन्छन्
व्रि्रोह गर्न नसकी भूगोलसँग
नदीहरू दक्षिणतिरै बगिरहेका हुन्छन्
पछ्र्याउँदै हुरीको प्रवाहलाई
झुण्डका झुण्ड चराहरू दक्षिणतिरै उडिरहेका हुन्छन्
दक्षिणतिरै उडिरहेका हुन्छन् बादलहरू
दक्षिणतिरै ढल्किरहेका हुन्छन् पहाडहरू ।

तर, प्रत्येक बिहान
एक सर्को हावा मेरो सामु आउँछ
र, मायाले चुम्बन गर्दै मेरो गाला उत्तरतिर जान्छ ।

कति मीठो हावाको त्यो र्स्पर्श !

One thought on “Chanki Shrestha – Pratyek Bihana”

Comments are closed.