Durga Bahadur Shah – Yo Sharir

दुर्गा बहादुर शाह – यो शरिर

ढुङ्गा पचाउने
यो शरिर
योवनमा लज्जाउने
यो शरिर
न त जाउलो पच्यो
न त लाज नै
कस्तो शरिर
हेर्दा हेर्दै
बुझदा बुझदै
हिडदा हिडदै
भोग्दा भोग्दै
ठाऊँ न कुठाऊँ
जहाँ पायो त्यहाँ
डङ्गलङ्ग ढलि जाने
यो शरिर
शरिर मात्रै ढलेन
घमण्ड ढल्यो
चयन ढल्यो
योवन ढल्यो
मन ढल्यो
तृष्णा ढल्यो
बाँकी रहेका
सवै सवै
चाहना ढल्यो
आखिर यो शरिर
चित्ता सम्म पुगेर जल्यो ।
आखिर यो शरिर
चित्ता सम्म पुगेर जल्यो ।