Rabindra Nath Thakur – Ghaat Ma [From Geetanjali]

ए सखी !
दिन बितिसक्यो :
सन्ध्या धरतीमा आइसकी,
अब आङ्खनो गाग्री भर्न घाटमा हिँड !
जलधाराका कल–कल स्वरले सन्ध्याकालको आकाशमा विरक्त
परिदियो ।
त्यो स्वरले मलाई लगातार भनिरहेछ :
आङ्खनो गाग्री भर्न घाटमा हिँड !

यो एकान्त बाटोमा कोही पनि आज छैन,
हावा चंचल भएको छ,
प्रेमको नदीमा गरंग नाचिरहेछन्,
‘म फर्केर आउँछु कि आउँदिनँ, केही पत्तो छैन
कोसँग मेरो भेटघाट होला, कसले जान्दछ र ?
घाटमा भएको सानो डुंगामा बसेर अपरिचित बाँसुरी बजाइरहेछ :
अब आङ्खनो गाग्री भर्न घाटमा हिँड !