आज सावनको मेघका विशाल छायामा चूपचाप, नीरव रात झैँ,
मूक प्रभातमा सबैको अगाडि मुख लुकाउँदै कदापि नभाग !
आज प्रभातकालको आँखा बन्द भएका छन्, पूर्वका कोलाहलपूर्ण
पवन व्यर्थमा कसैलाई आह्वान गरिरहेछ ।
नित्य जागृत नीलाम्बरको मुख मेघका चादरले ढाकिएको छ ।
जंगल–पहाडमा आज गुञ्जन सुनिदैन ।
सबै घरका ढोका आज बन्दछन् ।
निर्जन मार्गमा तिमी एक्लै यहाँ किन कसको प्रतीक्षामा बसिरहेछौ ?
हे एकाकी सखा, प्रियतम ! मेरो ढोका खुला छ :
स्वप्नमा झैँ मेरो अगाडि आएर अदेख नहोऊ ।