Rajab – Yuddha

बन्दुकहरू
ग्रिनेडहरू
बमहरू
खोजिरहेछन् निर्दोषहरू
जसलाई मारेपछि
केही दोष् हँदैन
त्यस्तो निर्दोष
खोजिरहेछन्
अश्त्रहरू
कसको पक्षमा
कुन अश्त्रले
कहिले जित्छ थाहा छैन
तर अश्त्रको पक्षमा
मानिसहरू
पृथ्वी गुमाउँदैछन्