Rajab – Aama Hunda

आमा हुनुहुन्थ्यो र
वरिपरिका रुख र
घरका खोपाका चराहरू
खान पाउँथे
आमा
हामीलाई पस्किदिनु अगाडि
पनिउँले
कसौंडीबाट
अलिकति भात झिक्नुहुन्थ्यो
र पात पातमा
केही भाग लगाएर
बाहिर प्रतीक्षारत
चराहरूलाई पु¥याउनु हुन्थ्यो
र चराहरू खान पाउँथे
आमा हुञ्जेल
भोका चराहरू
आँगनमा
आमा कुरिरहन्थे
आमा हुनुहुन्थ्यो र त
खान पाउँथे चराहरू
हामी र चराहरू
कोही पनि टुहुरा थिएनौँ
आमा हुञ्जेल
आमा भान्छामा पोखिएको
मिल्किएको
सब जुठा खानेकुरा
एक एक सोहोरेर
प्रेमपूर्वक रछ्यानमा राख्नुहुन्थ्यो र
काले, खैरेलाई
डाकी डाकी खुवाउनु हुन्थ्यो
आमा हुनुहुन्थ्यो र त
भाके ा हँदु नै थ े
आवारा कुकुरहरू
आमा घरका अरू आफल सोहोरेर
गाईको मुखमा
पाठोको मुखमा
पाडीको मुखमा पारिदिनु हुन्थ्यो
वास्तवमा
आमा हुनुहुन्थ्यो र त
कोही भोका थिएनन्
आमासँग
वरिपरिका सब जीवनको
आश थियो
आमा कसैलाई निराश पार्नु हुन्नथ्यो
सब आमासँग मग्न थिए
वास्तवमा आमा हुंदा
जीवन जोखिममा थिएन