Rajab – Kathmandu Ma Bagmati

खुला फाँट र बगरमा झैँ
कञ्चन छैन
काठमाण्डौमा बागमती
फरक छ
काठमाण्डौ र बगरमा घुम्ने बागमती
काठमाण्डौमा आएपछि
आफ्नू सिरमा फोहरको बोझ बोकेर
फोहरमुनि बग्छ बागमती
काठमाण्डौमा बागमती
लापरवाह घर–घरका दूषित जल स्नान गर्छ
र आफ्नू कञ्चन काया फेर्छ
काठमाण्डौमा बागमती
योनीहरूमा दूषित
हजाराँ ैकण्डमहरू
आफ्नू भाग्यमा बोकेर बग्छ
वास्तवमा काठमाण्डौमा
बागमती
बागमती बन्दैन
शहरिया बन्छ