Rajab – Website Bata Tadha

यो मानिस कुनै पनि डटकममा
पस्न पाएको छैन
सब बिन्दुहरू
उसलाई निषेध गरिरहेछन्
अति निजी कुराहरूमा
उसलाई अल्झनुपरेको छ
त्यस कारण
वेभसाइटको जालमा पसेर
उसले
आत्महीनताको उपचार गर्न पाएको छैन
अघिल्लो शताब्दीको
यो नितान्त साधारण मानिसलाई
साइवरपासले टाढा पारिरहेछ
वास्तवमा
उसको काम
उसको घन्टा
उसको अध्यात्म
चालु युगको
रनवेको क्रुरताबाट उडिरहेछ