Jyoti Jungle – Bepatta Mausam

बेपत्ता मौसम

यो साँझमा
यादको हावा बोकेर
बेपत्ता मौसम आइपुग्यो ।

युद्धको कुहिरोमा
भविता खोज्दै हि“डेको
एउटा सन्तान
बेखवर कहा“ पुग्यो ?
कहा“ पुगे
बेपत्ताको छाती टेकेर
समयलाई शासन गर्नेहरु ?
कहा“ सुकाए
आमाको आ“सु पुछेको टालो
र सुकिला भए ?

अ“ध्यारामा
अ“ध्यारै भो कि उस्को अनुहार
कस्तो भो होला उस्को रङ ?
मेरो छातीमा टा“सेर उस्को पुरानो तस्वीर
अखवारले खिचेको फोटाको जस्तो
कि माटाकै जस्तो ।

दिउ“सो जा“गर उठ्दैन,
राती सपना सुत्दैन,
नचिने झैं बोल्छ आफ्नु जिन्दगी,
कि आफ्नै जीवन पनि
सा“झ जति प्यारो छैन ।

यहि सा“झको
धुमिल आकासको अँध्यारामा,
म खोज्छु तारातारामा
के ऊ तारा भइसक्यो ?
कि बास बस्तै बलैंसीमै आइसक्यो ?

यहि सा“झमा
म तारा र आहटको दोधारमा
हावास“ग बात मार्न थाल्छु
र विर्सन्छु केही छिन
ऊ बेपत्ता भएको छ ।

साँझमा
यादको हावा बोकेर
बेपत्ता मौसम
आज पनि आइपुग्यो ।