Jyoti Jungle – Taj Mahal Bata Farkinda

ताजमहलबाट फर्कदा

भन्नेहरु सबै
सा“चो कहा“ भन्दा रहेछन् ?
गाउ“नेहरुले गीतमा पनि
झुटो संवेदनको धून भर्दारहेछन् ।

प्रेमको मन्दिर भनेर चिनेथे“ ताजमहललाई
समर्पणको इतिहास भनेर सुनेथे“ ताजका गीतहरु
कौतुहलको उत्ताउलो वेग छातीले थिचेर
प्रेमको धैर्यलाई मुटुभित्रै थुनेर
म सुन्न गएथे“ प्रेमका नसुनिने सङ्गतहरु
म छुन गएथे“ प्रेमका नदेखिने तस्वीरहरु ।

मलाई संसारका
हज्जारौं प्रेमी आत्महत्याको मुक्ति त्यहा“ माग्नुथियो,
मनमनै चपाएर गरेका
बलिदानी प्रेमको साक्षी उसैलाई राख्नुथियो,
दैनिकीले निलेका
प्रेमका निला ओठहरु फिंजाएर
गुलावी रङ्गले पुर्नरोगन गर्नुथियो …
नजानी के के सोचेंछु मैले,

नजानी के के सोचेंछु मैले,
आमाको वात्सल्यभन्दा प्यारो प्रेम
स्वेच्छाको चा“दनीजस्तो चमकदार,
उफ..
त्यसरी प्रकाशन गर्ने हिम्मत गरेको छ कस्ले
प्रेमको घोषणापत्र ?
कस्ले तयार पारेको छ प्रेमको अनन्य महल ?
त्यागको कम्पनले
विरामी भएर पुगेथे“ त्यहा“ ।

अह“,
सङ्गमरमरको फूलको थुंगा
कहीकतै मुमताजको आ“सुको शीत
मन त्यसै भिजिरह्यो
मन त्यसै ठोकिइरह्यो,
बा“चुन्ज्याल तड्पिएका ती धड्कनहरु
अचानक रोकिएका बेआवाज भित्ताहरुमा
पटक्कै प्यारो लागेन
मृत्युपछिको प्रेमको दर्शन,
समाधिमा प्रेमको तर्पण ।

ताजमहलमा,
जीवनको अन्तिम सत्य
प्रायश्चित गरिरहेथ्यो,
त्यो शान्तिमा
फगत फगत
एउटा भुलक्कडले सम्झना गरेको
अतितबोधको झण्डा हल्लिरहेथ्यो ।

ताजमहलबाट फर्कंदा,
मुटु खुम्चिनेगरी
आहतको सिरेटो बोकेर
म रित्तै चिसै फर्किए“,
अलिकति फुर्किएको के थिए“
प्रेमको अपारतामा डुब्न..
म निस्सार
बादशाहस“ग
चित्त दुखाएर फर्किए“ ।