Shiva Prakash – Manchhe Bhitra Ko Manchhe

बुद्धिमान प्राणी !
मान्छे भनेर चिनिने
मान्छेभित्र
अर्को मान्छे हुँदो रहेछ,
बाहिरको मान्छे
मान्छे जस्तो देखिए पनि
मान्छे भित्रको मान्छे
बिल्कुल फरक हुँदो रहेछ ।

मुखले मान्छे बोले पनि
उही मान्छेभित्र मनले
अर्कोमान्छे बोल्दो रहेछ,
मान्छेको छाला ओढेर
मान्छे भनेर चिनिने
त्यही मान्छेभित्र
कुमान्छेको डरलाग्दो
बिराटस्वरुप हुँदो रहेछ ।

मान्छेले मान्छेलाई
मान्छे जस्तो देखे पनि
मान्छेभित्रको त्यो
कुमान्छे देख्न नसकिंदो रहेछ,
मान्छेले आफूलाई
‘मान्छे भएको’ देखाउन खोजे पनि
उही मान्छेले आफूभित्र सधैं
कुमान्छे लुकाएर राख्दो रहेछ ।