सुवास चौलागाईं – चिया समाज हो
चिया हरेक चोटी रुन्छ
उस्को आशु बाफ हो
म एक्लो मान्छेले उस्को चीत्कार सुन्छु
उ रोयेको देख्न नसकेर उसलाई पिउछु
मेरो मन भित्र आफ्नै पीडाहरु छन
चियाको पीडा र सपनाहरूहरु पनि थपिये
अब त झन म बोउलाहा हुन्छु
आँसुको पहाडलाई बोकेर हिडेको यो समाजले देख्दैन
मैले यो कुरा सुनाउनु पनि हुँदैन
म त बुद्धको देशको मन्छे
एक्लो मन्छे
कगजको पानामा जिबनको कथा लेख्ने मूर्ख मन्छे
आफ्नै चस्मा लगाएर हिड्ने पागल मन्छे
आफ्नै टोपी लगाएर दौडने जिबित मन्छे
आफन्तजनको समस्या नदेख्ने र
चियाको आँसु देख्ने आघोरी मान्छे
सपनाहरू बोकेर नहिडने बोउलहा मन्छे
जो एउटा चमत्कारको प्रतीक्षामा छ
चिया बोल्छ भनेर
चियाले पिडा सुनाउँछ भनेर
चियाले बेदना पोखछ भनेर
साला सब सपना पो रहेछ
समाजले ओछ्यान मुतेको पो रहेछ ।।