Komal Shrestha Malla – Hiun Pagliyera Bagdaichha

हिउ पग्लियर बग्दैछ
भ्रष्टाचारको गहन युद्दमा
मानहरु
सम्मानहरु
हिउ पग्लियर बग्दैछ

गरिबका
खेत,पाखा,घर उजाडीएर खरानी उड्दैछ
म यो कबिता कोरेर के गरु ?
भ्रष्टका संबृद्दि निर्माणका कुरामा
भोली यो कलमले
जेल,नेल र हतकडी भोग्नु पर्नेछ !
उफ !
महङ्गीको दौड
भ्रष्ट सवार घोडाहरु
भ्रष्टाचारको चाबुकमा
शिखर चुलिदैछ
त्यसैले
स्वतन्त्र गीत गुन्जन
स्वस्फूर्त कबिता मन्थन
खबर्दारिको राको बोकेर
लम्कन सक्ला र ?
किनकि
स्वतन्त्रता
बिना काल
मृत्युको पासोमा झुन्डीदैछ
बाच्ला र समानता ?
शान्तीमा
भ्रष्टाचारको गहन युद्दमा ??
मानहरु
सम्मानहरु
हिउ पग्लियर बग्दैछ