Niroj Ghimire – Timi Nai Timi Le Bhariyeko

निरोज घिमीरे – तिमीनै तिमीले भरिएको

जब मैले पाए मेरा खुसिहरु
तिमीमा फुलिरहेको
र मेरो अन्र्तशुन्यता छिन छिनमा तिमीमा बिलिरहेको
त्यसबेला मैले ठाने तिमी मेरो अन्र्तअगं हौ
हामी दुई आवाज एउटै श्रोतबाट आइरहेका छौ ।।

जव मैले ठाने
हामी दुई आवाज हौ
एउटै श्रोतबाट कम्पन भई
निस्किरहेका छौ
मैले पाए तिम्रा नजरमा
आफना कयौ दृष्टिहरु
र तिम्रो हासोमा देखे मैले
मेरा अनगिन्ती खुसिहरु ।।

जब मैले बुझे मभित्र
बिशाल तिमी सल्बलाई रहेछ
मेरो सोच र भावनामा उ भुलिरहेछ
तब मैले गुमाए नियन्त्रण आफनै सोचको
र भेट्टाए मेरो बिचलित हृदय
तिमीनै तिमीले भरिएको ।।