Niroj Ghimire – Bastu Ko Astitwa

निरोज घिमीरे – वस्तुको अस्तित्व

हरेक वस्तु सोही वस्तुको अभाव हो
प्रकासको हरेक किरण अन्धकारको प्रभाव हो
किनकी यहा विना वस्तु कुनै तत्व छैन
प्रकाशपनि अध्यारोनै छ
यसको आफनो अस्तित्व छैन ।।

हरेक वस्तुको महत्व
त्यसको अभावमा छ,
प्रकाश जतिनै भए यहा
अध्यारो जहिल्यै छ
प्रकाश उ आफै अध्यारोमा छ
ध्वनी जो शुन्यतामा नै गुञ्जीरहेछ
त्यो आवाज हैन
सुन्यता यहा सुनिरहेछ
प्रकाशपनि अध्यारोमा नै चम्किरहेछ ।।

सामथ्र्यको आभाष कमजोरीले दिन्छ
शक्तिको पहिचान दुर्बलतामा हुन्छ
शक्ति उ आफै दुर्बलतामा निर्भर छ
बलवानलाई बलवान हुन निर्बल चाहिन्छ
निर्बलविना न बलवान छ, न बल छ
अभावबिना न महत्व छ न पहिचान छ
त्यसैले प्रेम बुझन घृणा देख्नु पर्छ
प्रकाशलाई चिन्न अध्यारोमा बस्नु पर्छ­­­
यहा एक अर्कोसँग निर्भर छ
दुवैलाई हामीले बुझेर स्वीर्कानु पर्छ ।।