आज तिम्रो सुनको थालमा मैले आङ्खनो दुःखमय आँसुका मालाले
सजाएको छु ।
माता ! आज तिम्रो कण्ठमा मैले मोतीका हार उनेको छु !
तिम्रो चरणमा चन्द्र–सूर्यका रत्न जडेका छन्ः अनि तिम्रो
वक्षमाथि मेरो दुःखमय आँसुका माला सुशोभित छ ।
धन र दौलत तिम्रो संपदा हुन्,
तिनीहरुलाई तिमीले यथेष्ट उपयोग गर ।
मलाई दिने भए देऊ, दिन मन नभए नदेऊ ।
मेरो घरको विशेष कोसेली ता मेरो दुःख नै छ ।
मूल्यवान् उपहारका तिमी असली पारखी छयौ अनि मलाई विश्वस छ,
तिमीले उसलाई चिनेमी छौ ।
–जसमा तिम्रो खुशी छ, त्यसलाई स्वीकार गर ।