Bibek Dulal Chhetri – Mero Euta Nalekhiyeko Kabita

विवेक दुलाल क्षेत्री “दमक” – मेरो यौटा नलेखिएको कवीता

अक्सर म पढ्ने गर्छु
अखबारका पानाहरुमा उद्घाटन भाषण
अक्सर म सुन्ने गर्छु एफ एम रेडियोहरुमा
मन्त्रीमण्डल पुनरबिस्तारको किस्सा।

अनि सुन्छु
शिक्षाको खुल्ला बिज्ञापन र बजारीकरण
अस्पतालको व्यापारी नारा
युबाहरुलाइ परदेसिन अभिप्रेरीत गर्ने कुरा।

कानमा ठोक्किन्छन् तस्करहरुको आवाज
कालो बजारी र चुवाहटको समुल स्वर
आँखा चिम्लेर बिदेशी लगानी प्रोत्साहित गर्दै स्थानीय कल कारखना बन्ध गर्ने र्याइ र्याइ ।

म किन सुन्दीन
भ्रष्टाचार मुक्त भएको यौटा मन्त्रालयको नाम
म किन देख्दिन गरीबलाइ पनि
कुनै सुबिधा सम्पन्न हस्पिटलमा फ्री इलाज
म किन कुनै उदाहरण पाउदिन
राज्यले कहिल्यै सर्ब साधरणको कुरालाइ आत्मासात गरेर कार्यनयन भएको स्थिती ।

ताप्लेजुङ्ग चाक्सीबोटेकि बालिकाले पाचघण्टा हिडेर स्कुल पुग्ने कैले सम्म ?
त्रीशुली नुवाकोट नानीहरुले एक अर्काको सहरामा तुइनमा झुन्डिएर हिड्ने कैले सम्म ?
शोलुखुम्बुका शेर्पा दाइले आफ्नो खुटा चिसाले फुटाउने कैले सम्म?
हुम्लाकि महतारा रोकायाले
यार्सा गुम्बा टिप्दै जीवन चलाउने कैले सम्म?

म आजकाल वहदामा हुनेहरुको गाउमा आउदाको चुरी फुरी मात्र सुन्छु
म आजकाल कुनै मन्त्रीको सवारीले
अक्रान्त शहर मात्र देख्छु ।

देख्नु त मैले दुखिको ओठमा मुश्कान थियो
सुन्नु त मैले नेपाल र नेपालीको प्रगती थियो
यस्तै यस्तै कुरा भरेर कबीता कोर्नु थियो मैले
अहिले त्यो पूरा नभएकोमा निकै मर्माहित छु

अवस्य निर्माणाधिन अवस्थामा छ हजुर !
मेरो यौटा नलेखिएको कवीता ।

समाप्त।

दमक,झापा
हाल ; अबुधाबी ,युएइ ।