हरिकृष्ण महर्जन – साकार हुन्न क्या रे !
जीवनबाट मन्दी हटाउन बन्दी जीवन बाँचिरहें
बिछोडलाई अंगालेर वियोगलाई पन्छ्याइरहें
दया मलाई चाहिएन माया किन्न पाइएन
आँसुसित हाँसो फेरि कतै साट्न पाइएन
हिंड्दा हिंड्दै गलिसकें यात्रा कतै टुंगिएन
थाकिसकें थकान मेट्ने चौतारी कहीं पाइएन
साकार हुन्न क्यारे ! देखेका ती सपनाहरु
पुरा हुन्न क्यारे ! गरेका ती बाचाहरु
दिन बित्यो रात ढल्यो समयले कोल्टे फेर्यो
जीवन छोटो भाग्य खोटो मुस्कानहरु छुटिगयो
कल्पनाका सुन्दर संसार मनमा नै साँची राखें
गन्तव्यमा पुग्छु भनी यात्राहरु जारी राखें |