Harikrishna Maharjan – Sunaulo Bhabisya

हरिकृष्ण महर्जन – सुनौलो भविष्य

कल्पनालाई यथार्थमा उन्न खोज्दैछु
सपनालाई बिपनामा ढाल्न हिडदैछु

घाइते मनलाई हौसला र साहस थपी जगाएर
अटुट भई अडिग यात्रालाई नि रन्त रता दिएर
बढ्दैछु म दु:ख कष्ट घाम पानी सहेर
इच्छा चाहना पुरा गर्न मानोबल भरेर

भोगेका पीडा दिएका घृणा मनमनै लुकाएर
खुशी संगाल्न रोदनका पलहरु अंगालेर
लक्ष्य उद्देश्य साकार पर्न बाधा अड्चन झेल्दैछु
सुनौलो भविष्य प्राप्तिका निम्ति कठिनाईहरु खेप्दैछु |