Harikrishna Maharjan – Jeevan Ko Mero Uddeshya

हरिकृष्ण महर्जन – जीवनको मेरो उद्देश्य

लाग्दछ मलाई जीवन यो मेरो
आकाशमा उडीरहेको चराहरु मध्ये एक हो
जुन अन्य चराहरुसित प्रतिस्पर्धा गर्दै
आफु अगाडी बढ्ने गर्दैछ प्रयत्न
राती आकाशमा पिल-पिल गर्ने ताराहरुमध्ये
त्यो उज्वल तारा बन्ने छ उद्देश्य मेरो
जो छन तिनीहरुबीच प्रख्यात
छैन थाहा मलाई हुने हो कि होइन पुरा यो
तर,
जसरी चल्दछ गाडी तब सम्म हुन्छ
पेट्रोल त्यसमा जबसम्म
त्यसैगरी रहन्छ उद्देश्य मेरो तबसम्म
हुन्छ स्वा स शरीरमा जबसम्म मानौं,
पथ्वीृ एक घर हो जहाँ बस्छन
अनेक प्रकारक मान्छे अनगिन्त
तर,
जसरी चिन्दछ मात्र त्यसलाई
जो छन तिनीहरुबीच प्रख्यात
त्यसैगरी,
चाहन्छु हुन म पनि तिनीहरुबीच प्रख्यात |