Harikrishna Maharjan – Pardesh

हरिकृष्ण महर्जन – परदेश

धन कमाउन परदेश पसें
धनको मोह जालमा फसें
मानिसहरु माझ हराएकोछु
परिवार आफन्त बाट टाढिएकोछु
आँखाभरी आँसु बोकी हाँसिरहेछु
मुटूभरि चोट खेपी बाँचीरहेछु
बिछोडको पीडाले मुटू चस्काउँछ
आँखाबाट मेरो आँसु रसाउँछ
रुँदा रुँदै आँसु सुके कसैले देखेन
कोलाहलमा आवाज दब्यो कसैले सुनेन
स्वार्थी यो संसारमा कोही आफ्नो भएन
आफ्नो मनको कुरा यहाँ कसैले बुझेन
सम्झन्छु सधैं आफु जन्मिएको देश
बिर्स नेछैन कहि ले आफ्नो भाषा भेष
धनको मोह त्या गी अब स्वदेश फर्क नेछु
शीर उठाई मातृभूमीको सेवामा जुट्नेछु |