इन्जिनियर राकेश कार्की – प्रिय धरहरा तिमी बिना
प्रत्येक चाहनाको आँखामा
अल्झिरहन्थ्यो तिम्रो पिरती
प्रिय धरहरा तिमी बिना
हाय शून्य छ यो धरती
हातहरू तिमीलाई सुम्सुमाउदै
तिम्रो टुक्रा टुक्रा अङ्ग अङ्ग
के स्वदेशी के विदेशी पर्यटक
तिमी सबैको मुटुको कुनासङ्ग
नेपालको मुटुमा सजाएको तिमीलाई
हाम्रो सभ्यता हाम्रो गौरव ठूलो
तिम्रो कण कणमा हाम्रो इतिहास
उडि गयो सब अब भएर धूलो
न यो सपना न यो बिपना
हरेक स्पर्श छाम्छन छ्यौ कि भनि
तिम्रो भग्नावशेष हेर्दै गहहरु भरी भरी
मन रोइरह्यो सबैको स्मृति बनि