विज्ञान दर्शन – यसै गरी उसै गरी (गजल)
यसै गरी उसै गरी बाँच्नु छ
अझै कति मरी मरी बाँच्नु छ
सधैँ सुखै सुख कहाँ मिल्छ र,
कष्ट सही थरी थरी बाँच्नु छ
नजाने कहाँ टुंगिन्छ जिन्दगी,
हरिकै भरोसा परी बाँच्नु छ
शान्ति डुब्दै छ र त ,हे ! यमजी,
बुद्धलाई घरी घरी बाँच्नु छ
त्यो कोपिलालाई फुल्न दिईयोस्,
उसलाई बास्ना छरी बाँच्नु छ
©विज्ञान दर्शन