सुनिल लिम्बु – खै कतै
खै कतै यो नाउ पनि अब त डुब्ने हो की
अाफ्नो गन्तव्य भन्दा बढी हिडेको यात्री
अब त थाकेर बाकी जीवन बाटोमै लडेर बिताउने हो की
चारैतिर निलो पानीको शीतल बाक्लो कम्बल
अब त शरीर लाई विश्राम, अाँखालाई निन्दरा लागेको नै हो की?
चढ्ने बेला दुवैजना दगुरेर अाएको
अाधा कदम मायाको, अर्को अाधा अनिश्चित, अतितको, डरको
त्यो सर्वत्र एकान्तमा, मात्र एकअर्काको, अँगालो
एक नै अर्काको केन्द्र, प्रेमको सपनाको
तर पानीमा बनाएको महल अब त डुब्ने नै हो की
की कतै छालहरू बड्दै गएर हो की
वा यी पुराना काठहरू मक्किन थालेर
बिस्तारी, बिस्तारी एकले अर्कालाई बिर्सी
त्यही सुन्य सागर तर्फ मौडिन थालेको हो की
त्यो प्रेमको भाडो रित्तो अब! मात्र प्रतिघ्वनि रहेको हो की
अब एक्लै, डिब्दै, गहिराईमा भासिन्दै जाने हो की
या समय, पानीका लहरहरू झै,हामीलाई बगाएर फालटै अन्तै कतै लइजाने ही की
र कुनैदिन किनारमा ती नाउका टुकराहरू तैरिन्दै अाए
के तिमीले चिन्छौ होला, के मैले चिन्छु होला
अनि के सम्झनछौ होला
हामरो सानो नाउ, त्यो छोटो यात्रा…. खै,कतै?