Dhruva Thapa – Chowk Bajar Ko Shalik

ध्रुव थापा – चौक वजारको सालिक
(क्यालिफोर्निया अमेरिका)

सानै देखि त्यहा चौक वजारमा
माछा किन्दा देखि वस चढदासमेत
अढेस लाग्ने गरेको सालिक
आज………………….. गायव ।
मथिंगल रन्थनिन्छ सानै
देखिदेख्ने वानी परेको स्थान
मारित्तोपनाले गिज्याउछ सायद
तर आज……………..गायव
गायव भएको छ एउटा सालिक
इतिहासको पाना नपढदै पढेको
त्यो चौक वजारको सालिकसधै
मेरो वाल्यकाल देखि
युवा अवस्थासम्मको
एक्लो र अटल साक्षी
जस्ले मलाई हरपल रमाएको,गाएको
कहिलेकाहि एक्लै रोएकोपनि देखेको छ
त्यही सालिक अहिले शुन्यमा परिवर्तित भएको छ ।
म जस्तै धेरै परिवर्तनको साक्षी त्यो सालिकले
मौन भएरै गाजाको धुवामा उभिएको थियो
मौन भएरै वाजाको तालमा नाचेको थियो
मौन भएरै हरेक घटनाको साक्षी भएको थियो
तर आज उस्को अनुपश्थितिको साक्षी कोहि छैन
तर आज उस्को वकालति गरिदिने कोहि छैन
तर आज उस्को योगदान र इतिहासका
पानापल्टाईदिनेपनि कोहि छैन…………..
छ त मात्रचौक वजारले आफैलाई सोधेकाप्रश्नहरु….
शुन्यता, निश्तव्दता, खालीपन र अनुत्तरित शंकाहरु ।

तर कता कता त्या छ आशा
मर्न आटेकोलाई जीउने आशा
टाढिन आटेकोलाई मिल्ने आशा
न हुनेलाई केहि पाउने आशा
रित्तो स्थानमा केहि भरिने आशा
जीन्दगी आशै आशमा वित्ने होकी ?
आशा गरौ भविस्यमा त्यहफेरी
नया सालिक उभिनेहोकी ?
बुदेश्काल्को साथ दिन
दुख सुखको गाथा सुन्न
भूत बर्तमान र भविस्यको लेखा जोखा गर्न …